नेपाली वास्तु ज्ञान : नक्कल धेरै, वास्तविकता कम !

केही समय अघिसम्म पोखरामा बन्ने घरहरु सबै दक्षिण मोहोडा फर्किएका हुन्थे । पुरानो नेपाली वास्तुशास्त्र अनुसार हिमालको काखमा रहेको पोखरामा बन्ने घरलाई हिमालको सिरेटो छेक्नको लागि पनि दक्षिण मोहोडा फर्काउने गरिन्थ्यो । तर अहिलेको वास्तु बदलिएको छ । हिमाली जिल्लामा भवन निर्माणसंहिताको नाममा हिउँ संकलन भएर घरलाई ६ महिनासम्म थप भारमा राख्ने धेरै नेपालीले घर […]

पुरा पढ्नुहोस

चाहिदैन सहानुभूति

‘सम्बन्ध विच्छेद’ दाम्पत्य जीवनमाथि लागिएको एक यस्तो घाउ हो, जसलाई विच्छेद गर्नेले भुल्न चाहे पनि समाजले उनीहरुलाई कोट्याइरहन्छन् । मान्छेहरु सोध्छन्, ‘अब के गर्ने ?’, ‘विवाह गरिसकेपछि सम्बन्ध तोड्न हुँदैनथ्यो’, ‘अब एक्लो जीवन कसरी बिताउँछौं ?’ हाम्रो समाजले विवाहलाई एक अनिवार्य आवश्यक्ता मान्छ । जब युवतीको कुरा आउँछ, तब विवाह अपेक्षाकृत जरुरी मानिन्छ । विवाहलाई […]

पुरा पढ्नुहोस

कुन पाठशालामा सिक्ने दिगो सम्बन्धको पाठ ?

न त कुनै कक्षा, न त कुनै तालिम । जीवन भोगाइको क्रममा आफैँले सिक्ने र अनुभव गर्दै जाने कुरा नै प्रेम हो । प्रेम सम्बन्धको विषय सबैको लागि एउटै हुँदैन । प्रेमलाई मान्छेले कसरी बुझ्छ ? त्यसमा निर्भर हुन्छ उसको प्रेमसम्बन्ध कस्तो हुन्छ भन्ने कुरा । एकले अर्काेको कुरामा विश्वास गर्ने र भरोषा राख्ने गर्नुपर्छ […]

पुरा पढ्नुहोस

कसले किन्ला २० हजार रुपैयाँको मास्क ?

कोरोना भाइरस महामारीले पूरै विश्वमा आतंक मच्चाइहेको छ । दुनियामा एक करोड ६० लाख भन्दा धेरै मानिसहरु यो भाइरसबाट संक्रमित भैसकेका छन् भने करीब साढे ६ लाख मानिसको मृत्यु भैसकेको छ । यो महामारीले संसारमा मानिसहरुको जिवनशैलीमा परिवर्तन गरिदिएको छ । कोरोना भाइरसको भ्याक्सिन बनाउने कार्यमा अहिलेसम्म सफलता प्राप्त भैसकेको छैन । जहिलेसम्म यो भाइरस […]

पुरा पढ्नुहोस

लुकिछिपी विरुवा खाएको आरोपमा १५ बाख्रामाथि मुद्दा, नगद जरिवाना

चोरीको अभियोगमा अभियुक्तहरुमाथि सजायँ भएको त सुनिएकै हो । तर चोरेर घाँस खाएको आरोपमा बाख्रामाथि समेत मुद्दा चलेको र सजायँ भएको चाहीँ सुनिएको थिएन । हालै छिमेकी मुलुक भारतको तेलंगानामा यस्तो अनौठो घटना भएको छ । लुकिछिपी रुखको घाँस खाइदिएको आरोपमा त्यहाँ १५ वटा बाख्रामाथि मुद्दा दर्ता भयो । ती बाख्राहरुलाई हिरासतमा लिइयो र ३ […]

पुरा पढ्नुहोस

जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो

लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा रहेको एउटा बिरालोले जेलब्रेक गरेर भागेको छ । श्रीलंकाको एक मुख्य जेलमा थुनिएको उक्त बिरालो सोमबार भागेको हो । सो बिरालो लागु औषध र मोबाइल फोनका सिमकार्ड तस्करीको प्रयास गर्दागर्दै पक्राउ परेको थियो । सुरक्षा अधिकारीहरुले श्रीलंकाको वेलिकाडा जेलमा गत शनिवार सो बिरालोलाई सिमकार्ड, लागु औषध र मेमोरी […]

पुरा पढ्नुहोस

रक्सी नखाइकन मात लाग्ने रोग, छोरीको ‘दिसा खुवाएर’ गरियो उपचार

अमेरिकामा एकजना पुरुषलाई यस्तो समस्या थियो कि रक्सी नखाइकन पनि उनलाई रक्सीको नशा लाग्दथ्यो । ४७ वर्षका ती व्यक्ति एउटा दुर्लभ स्वास्थ्य समस्याबाट पीडित थिए । गट फर्मेन्टेसन सिन्ड्रोम अर्थात् अटो ब्रुअरी सिन्ड्रोम भनिने उक्त रोग भएका मानिसले खाएका खानेकुराहरु पेटमा पुगेपछि आफै फर्मेन्टेड भएर अल्कोहलको उत्पादन हुने गर्दछ । त्यस्ता व्यक्तिहरुको पेटमा अत्यधिक मात्रामा […]

पुरा पढ्नुहोस

१७ सेकेण्डमा ५० अण्डा खाएर कीर्तिमान

अहिलेको जमानामा चर्चित हुनु छ भने अरु कसैले नगरेको वा निकै अनौठो हर्कत गरेर त्यसको भिडियो इन्टरनेटमा अपलोड गरे पुग्छ । यस्ता अनौठा हर्कत गर्ने मानिसहरुको संख्या निकै बढिरहेको छ, पछिल्लो समयमा । महामारी कारण घरमै बस्न बाध्य मानिसहरु इन्टरनेटमा भाइरल बन्नका लागि अनेक खालका क्रियाकलापहरु गरिरहेका देखिन्छन् । केही समय पहिलेको भिडियो यस्तै भिडियो […]

पुरा पढ्नुहोस

पौष्टिक आहारले कसरी कम गर्छ दीर्घरोगको समस्या ?

सन्तुलित आहार हरेक उमेर र लिंगका मानिसको लागि आवश्यक हुन्छ । यसको अभाव उमेर, लिंग र शारीरिक अवस्था अनुसार फरक हुने गर्छ। गर्भवती र स्तनपान गराउने आमाहरूका लागि जुन खाना आवश्यक पर्छ, त्यहीस्तरको खाना अरू अवस्थाका मानिसलाई आवश्यक नपर्न सक्छ । बच्चाहरूलाई कुपोषणबाट बचाउन जुन खाना आवश्यक पर्छ त्यो अरू उमेरसमूहका मानिसलाई आवश्यक पर्दैन । […]

पुरा पढ्नुहोस

सौन्दर्यका लागि योग कति उपयोगी ?

शरीर र मनलाई शुद्ध गराउने एउटा विधि हो योग । मूलतः पूर्वीय दर्शनले प्रतिपादन गरेको योगले मनमा रहेको विकार हटाउने र शरीर स्वस्थ राख्ने काम गर्छ भन्ने मान्यतार राखिन्छ । शरीरको शुद्धी र चित्तवृत्ति निरोधलाई ध्यान दिने योग शिक्षाले सुन्दरताको क्षेत्रमा समेत काम गर्ने गर्र्छ । छालालाई सुन्दर बनाउन योगले मद्धत गर्छ । यसका लागि […]

पुरा पढ्नुहोस