काठमाडौँ विश्वकै प्रदूषित सहरको चौथो स्थानमा

आज  काठमाडौँ   विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ । पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा छ […]

पुरा पढ्नुहोस

गाडी दुर्घटना हुँदा रुपन्देहीमा ३ जनाको मृत्यु

रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए । दुर्घटनामा गम्भीर […]

पुरा पढ्नुहोस

केन्यामा १२ जना सवार विमान दुर्घटना

केन्याको तटीय क्षेत्र क्वाले काउन्टीमा मंगलबार बिहान एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ । विमान त्यहाँको चर्चित पर्यटकीय गन्तव्य मासाई मारा राष्ट्रिय आरक्षतर्फ जाँदै थियो । विमानमा बाह्र जना सवार थिए । दुर्घटनामा कोही पनि बाँच्ने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् । दुर्घटना क्वालेको पहाडी क्षेत्रको डायनी एयरस्ट्रिपबाट लगभग ४० किलोमिटर टाढा भएको बताइएको छ […]

पुरा पढ्नुहोस

६२ अंकले बढ्यो सेयर बजार, विकास बैंकमा उच्च वृद्धि

आज मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको […]

पुरा पढ्नुहोस

तत्काल ११ मुलुकमा नयाँ राजदूत नपठाइने, परराष्ट्रकै कर्मचारीलाई कार्यवाहक

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार राजदूत नियुक्त गर्ने सरकारको कुनै तयारी छैन । रिक्त स्थानमा परराष्ट्र मन्त्रालयकै कर्मचारीले कार्यवाहक राजदूतको रुपमा काम गर्नेछन् । सरकारले केही दिनअघि ११ जना राजदूतलाई फिर्ता बोलायो ।तर रिक्त रहेका ती मुलुकमा सरकारले तत्काल राजदूत नियुक्त नगर्ने भएको छ । संसद् नरहेको र अन्य कानुनी झन्झट देखिएकाले तत्कालै नयाँ राजदूत […]

पुरा पढ्नुहोस

ओलीमाथि लगाइएको स्थानहद विरुद्ध सर्वोच्चमा रिट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले ओलीलाई स्थानहद तोक्नु गलत हो भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन्। पेश भएको रिट निवेदनमाथि अध्ययन चलिरहेको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए। ‘रिट निवेदन पेश […]

पुरा पढ्नुहोस

परीक्षा लिम्बुलाई लिएर फिल्म ‘हिमालयन गोल्ड’ बन्ने

ह्वाइट एलिफन्ट मोसन पिक्चर्ससँगको सहकार्यमा छायाँलय फिल्म्सले कथानक फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरेको छ । धीरज राजवंशीको पटकथा र निर्देशन रहने फिल्मको छायांकन नोभेम्बरदेखि सुरु हुने जनाइएको छ । हिमाली क्षेत्रको परिवेशमा आधारित हुने फिल्ममा कार्म, परीक्षा लिम्बु, सुनील थापा, मेनुका प्रधान, साजन थापा, अंकित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल […]

पुरा पढ्नुहोस

ब्रेकअप भयो ? पीडाबाट निस्कने ५ उपाय

विज्ञहरूका अनुसार डिसेम्बरको मध्यतिर धेरै ब्रेकअप हुन्छ । चाडपर्वको समयमा काम, पार्टी, साथीभाइसँगको भेटघाट र पारिवारिक जमघटहरूमा व्यस्त हुने भएकाले धेरैले आफ्नो ‘जोडी’बारे पुनर्विचार गर्ने बताइन्छ । सोही कारण डिसेम्बर ११ मा ब्रेकअप डे नै मनाइन्छ । यद्यपि जाडो मौसममा नै ब्रेकअप हुन्छ भन्ने छैन । यो जहिल्यै पनि हुन सक्छ । ब्रेकअपबाट निस्कने उपाय […]

पुरा पढ्नुहोस

अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली परिचालित

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो । सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उनीहरुलाई सहजीकरण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी  सहितको टोली खटिएको छ । सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी […]

पुरा पढ्नुहोस

बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय, नेपालमा वर्षा र हिमपातको सम्भावना

बंगालको खाडीमा सक्रिय रहेको मोन्था चक्रवात थप शक्तिशाली भएर आँधीबेहेरीमा बदलिने भारतको मौसम विभागले चेतावनी जारी गरेको छ । बीबीसी हिन्दीका अनुसार मोन्था आँधीको प्रभाव भारतको महाराष्ट्र, आन्ध्र, अन्दमान निकोबारलगायत क्षेत्रमा पर्नेछ । मोन्था आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टाको दरले बढ्ने अनुमान गरिएको छ । नेपालमा मोन्था आँधीको प्रभाव देखिने मौसम विज्ञान विभागले […]

पुरा पढ्नुहोस