बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय, नेपालमा वर्षा र हिमपातको सम्भावना

समाचार

बंगालको खाडीमा सक्रिय रहेको मोन्था चक्रवात थप शक्तिशाली भएर आँधीबेहेरीमा बदलिने भारतको मौसम विभागले चेतावनी जारी गरेको छ ।

बीबीसी हिन्दीका अनुसार मोन्था आँधीको प्रभाव भारतको महाराष्ट्र, आन्ध्र, अन्दमान निकोबारलगायत क्षेत्रमा पर्नेछ । मोन्था आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टाको दरले बढ्ने अनुमान गरिएको छ । नेपालमा मोन्था आँधीको प्रभाव देखिने मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबारदेखि विहीबारसम्म बंगालको खाडीबाट सक्रिय भएको मोन्था चक्रवातले हिमपात र वर्षा गराउनेछ । मंगलबार मोन्था आँधीले देशैभरकै बदली गराउने र वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *