चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार […]

पुरा पढ्नुहोस

सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प

सोमबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

पुरा पढ्नुहोस

भदौमा हुने भनिएको नाडा अटो शो 2022 स्थगित

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो । नाडाले आगामी ७ भदौदेखि १२ भदौसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । सरकारले १ साउनदेखि […]

पुरा पढ्नुहोस

सुन्दरीजलमा बेपत्ता किशोरको शव भेटियो

काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव भेटिएको छ । शनिबार हराएका १६ वर्षीय शुभमश्री प्रधानको शव आइतबार भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार ढुंगाको चेपमा अड्किएको अवस्थामा प्रधानको शव भेटिएको छ । शनिबार साथीहरुसँग घुम्न गएका उनी खोलामा खसेको स्पिकर टिप्न जाँदा लडेका थिए । खोलामा हराएलगत्तै […]

पुरा पढ्नुहोस

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित […]

पुरा पढ्नुहोस

सुन्दरीजल खोलामा खसेर एक जना बेपत्ता

काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन् । कपन बस्ने १६ वर्षका शुभम प्रधान शनिबार विहान खोलामा खसेर हराएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार विहान शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा […]

पुरा पढ्नुहोस

नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष सहित ३ सचिव निर्विरोध, अन्य पदमा मतदान हुँदै

नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम निर्विरोध निर्वाचित […]

पुरा पढ्नुहोस

नेकपा एमालेका अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यापर्ण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थाका महासचिव पुष्पलालको स्मृतिको दिवसको अवसरमा काठमाडौं महानगर १८ स्थित ताम्सिपाखामा पुगेर पुष्पलालको शालिकमा माल्यापर्ण गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ […]

पुरा पढ्नुहोस

चट्याङ लागेर हुम्लामा ५० बाख्रा मरे

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना मानिस घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ […]

पुरा पढ्नुहोस

द्रौपती मुर्मू बनिन् भारतको दोस्रो महिला राष्ट्रपति

द्रौपती मुर्मू भारतको राष्ट्रपति निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत हून्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत […]

पुरा पढ्नुहोस