नेपाल स्काउटको ‘हेरिटेज साइक्लिङ’

नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा हेरिटेज साइक्लिङ र पिस वाक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न विश्व सम्पदा स्थलहरूबाट ७०० भन्दा बढी स्काउटहरूले साइकल र पैदल यात्रा गरेका हुन् । काठमाडौं दरबार स्क्वायरमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सहभागीहरूले विभिन्न शान्ति वाचाहरू प्रयोग गरी आफ्ना प्रतिबद्धताहरू देखाउँदै विभिन्न शान्ति […]

पुरा पढ्नुहोस

कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

कपनको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । कपन राम मन्दिर नजिकै रहेको एक घरमा बुधबार साँझ आगलागी भएको थियो । ट्रेकिङ अफिस रहेको उक्त घरमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका […]

पुरा पढ्नुहोस

अछाममा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ३ जना

अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर […]

पुरा पढ्नुहोस

इन्द्रजात्रा विधिवत रूपमा सुरु, ठड्याइयो लिंगो

काठमाडौंमा मनाइने इन्द्रजात्रा पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । हनुमानढोकामा बुधबार बिहान ७ः१७ बजेको शुभसाइतमा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । हनुमानढोकामा उक्त लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत रूपमा सुरु हुने परम्परा छ । इन्द्रजात्रालाई नेपालभाषामा ‘यें यास्’ भनिन्छ । ‘यें’ भनेको कान्तिपुर नगर र ‘यास्’ भनेको मुख्य जात्रा हो । काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, […]

पुरा पढ्नुहोस

काठमाडौंका १८ प्रदेश सभा क्षेत्रबाट एमालेका उम्मेदवारको नाम सिफारिस ,२ क्षेत्रबाट बाकी

नेकपा एमालेले काठमाडौंका २० मध्ये १८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशन अनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरिएको र १० नम्बर क्षेत्रको नाम आउन बाँकी रहेको जिल्ला अध्यक्ष दिपक निरौलाले जानकारी दिए । प्रदेशसभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न २० वटै क्षेत्रीय कमिटीका […]

पुरा पढ्नुहोस

मोरङमा एकैदिन दुई सामूहिक बलात्कार, तीन पक्राउ केहि फरार

मोरङका बेग्लाबेग्लै स्थानमा बिहीबार राति दुई महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा १८ वर्षीया किशोरी माथी ५ जनाले सामूहिक बलात्कार गरेका थिए । केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेर पुगेको समूहले किशोरीलाई कुटपिट गरी सामूहिक […]

पुरा पढ्नुहोस

बुथ कब्जा,बाकस साट्ने र मतपत्र च्यात्नेहरुको सहयोगी नबन्न प्रहरी प्रशासनलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी प्रशासनलाई निर्वाचनमा धाधँली गर्ने खालका क्रियाकलापमा सरिक नहुन आग्रह गरेका छन् । नेकपा एमाले सुनसरी‌ ३ क्षेत्रिय समन्वय समितिको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मचाउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु निकायका व्यीक्तहरु सरिक […]

पुरा पढ्नुहोस

कर सहयाेगी श्रमिक संगठन नेपालले गर्‍यो रक्तदान कार्यकम

कर सहयाेगी श्रमिक संगठन नेपालकाे १६ औं वार्षिक उत्सवकाे अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो । कर सहयाेगी श्रमिक संगठन नेपाल र लायन्स कल्व अफ काठमाण्डाैं कालिकाकाे संयुक्त आयाेजनामा यही २०७९ साल भाद्र १७ गतेको दिन विहान ८ बजे देखि  १२ बजे सम्म राजधानीको बबरमहल कर कार्यालय अगाडि रक्तदान कार्यकम सम्पन्न गरिएको थियो । रगत मानिसलाई […]

पुरा पढ्नुहोस

आइपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क ५ रुपैयाँ मात्र

अनलाइन मार्फत आइपीओमा आवेदन दिदा सी-आस्वा शुल्क अब देखि ५ रुपैयाँसम्म मात्र लिन पाइने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सी-आस्वा शुल्क घटाइएको जनाएका छन् । यसअघि आइपीओ भरेवापत बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिने गरेका थिए । धितोपत्र बोर्डको आइतबार बसेको बैठकमा सी-आस्वा शुल्क घटाउने प्रस्तावमा छलफल गरी […]

पुरा पढ्नुहोस

करेन्ट लागेर बाबु र छोराको मृत्यु

नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर […]

पुरा पढ्नुहोस