पूर्वमन्त्री हेमराज राईसहित जसपाका १२२ जना एमाले प्रवेश

जसपा उपाध्यक्ष हेमराज राईसहित १२२ जना नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले उनीहरूलाई टीका र खादा लगाएर स्वागत गरे । राईसहित केन्द्रीय सदस्यहरू १० जना, केन्द्रीय निकायका २ जना, संघीय परिषद् सदस्यहरू १० जना, प्रदेश समिति पदाधिकारी तथा सदस्यहरू १९ जना, जनसंगठन केन्द्रीय […]

पुरा पढ्नुहोस

बालाजुकाे जुत्ता कारखानामा आगलागी

काठमाडौंको बालाजु बाइसधारा नजिकै आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् । वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् । अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को […]

पुरा पढ्नुहोस

पहिरोले लियो एकै परिवारका ५ जनाको ज्यान

म्याग्दीको मालिका गाउँपालिका-२ मा बिहान करिब ४ बजे आसपास गएको पहिरोले घामबहादुर विकको घर पुर्दा परिवारका सबै ५ जनाको मृत्यु भयो । तर, निरन्तर झरी परिरहेको र विकट भएकाले नजिकै भएका गाउँलेले पनि ढिलो गरीमात्रै घटनाबारे थाहा पाए । पहिरोमा परी घामबहादुर, उनकी पत्नी ३४ वर्षीया राममाया विक, १५ वर्षीय छोरा नवीन विक, १३ वर्षीय […]

पुरा पढ्नुहोस

खराब मौसमका कारण पोखरामा हुने सबै उडान रद्द

प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा निर्धारित सबै उडान रद्द भएका छन् । मंगलबार पोखराबाट निर्धारित र अन्य गन्तव्यबाट पोखरामा जाने सबै उडान रद्द भएको हो । बुद्ध एयरले मंगलबार पोखरामा निर्धारित सबै उडान प्रतिकूल मौसमका कारण रद्द भएको जानकारी गराएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पोखरामा उपकरणमा आधारित अवतरण प्रणाली नभएका कारण कम भिजिबिलिटी […]

पुरा पढ्नुहोस

बन्जी जम्प गर्ने रहर छ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने रहर जाहेर गरेका छन् । शनिबार युवा संघले गरेको कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए । ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । […]

पुरा पढ्नुहोस

थप ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका […]

पुरा पढ्नुहोस

एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा कुँवर चयन

नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पूर्णबहादुर कुँवर चयन भएका छन् । संगठनको तेस्रो एकता महाधिवेशनबाट अध्यक्षमा कुँवर, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा चयन भएका हुन् । महासचिवमा एमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा शेर्पा र श्रीकान्त आचार्य चयन भएका छन् । संगठनले पाँच जना सचिवहरू पनि चयन गरेको छ । […]

पुरा पढ्नुहोस

प्युठानमा जीप दुर्घटना- एक जनाको मृत्यु, १४ जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ।स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भ्यागुतेमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरकाे जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएकाे छ। […]

पुरा पढ्नुहोस

चोरिएका २० मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

उपत्यका ट्राफिक प्रहरीले चोरिएका २० मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । उपत्यकाका विभिन्न स्थानबाट हराएका २० मोटरसाइकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइएको हो ।त्यसमध्ये १६ मोटरसाइकल र चार स्कुटर रहेका छन् । चोरीमा संलग्न व्यक्तिलाई थप अनुसन्धानका लागि विभिन्न ट्राफिक प्रहरी वृत्तमा पठाइएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए […]

पुरा पढ्नुहोस

इन्द्रावती नदीले बगाएर २ जनाको मृत्यु

सिन्धुपाल्चोकको इन्द्रावती नदीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका-५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका हुन् । खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र धितालको शव ३ […]

पुरा पढ्नुहोस