जुम्लामा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । तिला गाउँपालिका–४ का विष्णु हमालको परिवारका पाँच जना बिरामी भएका हुन् । बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य […]

पुरा पढ्नुहोस

थप ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु

पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या […]

पुरा पढ्नुहोस

सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प

सोमबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

पुरा पढ्नुहोस

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित […]

पुरा पढ्नुहोस

झापाको चिया बगानमा ३ किशोरीकाे एउटै रुखमा झुण्डिएको अवस्थामा शव फेला

झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले  बताए । पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका […]

पुरा पढ्नुहोस

नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष सहित ३ सचिव निर्विरोध, अन्य पदमा मतदान हुँदै

नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम निर्विरोध निर्वाचित […]

पुरा पढ्नुहोस

नेकपा एमालेका अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यापर्ण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थाका महासचिव पुष्पलालको स्मृतिको दिवसको अवसरमा काठमाडौं महानगर १८ स्थित ताम्सिपाखामा पुगेर पुष्पलालको शालिकमा माल्यापर्ण गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ […]

पुरा पढ्नुहोस

नेपाल स्वतन्त्र नागरिक सञ्जालद्वारा प्रदर्शन, प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग

प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतिघरमा प्रदर्शन गरेको छ ।  चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज सहित ४ बुँदे माग राख्दै ठुलो संख्यामा शुक्रबार राजाधनीको माइतिघरमा  प्रदर्शन गरेको हो । सञ्जालले प्रदेश तथा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न, राजनितिक नियुक्ति बन्द गर्न र सांसद विकाश कोष […]

पुरा पढ्नुहोस

काठमाडौं उपत्यकामा चल्ने गाडीको भाडा बढ्यो

वागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । वागमती प्रदेश सरकारको राजपत्रमा जारी सूचनामा बढेको भाडा बिहीबारदेखि नै लागू  हुनेछ । प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडा दरअनुसार अब ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ । त्यसैगरी १० किलोमिटरसम्म २७ रुपैयाँ, […]

पुरा पढ्नुहोस

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्ने छ । सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिने छ । मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको […]

पुरा पढ्नुहोस