हार स्वाभाविक हो, चिन्ता आवश्यक छैन – विष्णु रिमाल

नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी महाधिवेशनमा भएको आफ्नो पराजयलाई अस्वाभाविक वा चिन्ताजनक विषय नभएको बताएका छन्। केपी शर्मा ओलीको कोर टिममा रहेका रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवै पदमा पराजित भएका हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रिमालले महाधिवेशनको नतिजालाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेको उल्लेख गरेका छन्। उनका अनुसार महाधिवेशन असाधारण गरिमा, […]

पुरा पढ्नुहोस

एमालेको राष्ट्रिय राजनीतिमा पहिलो पटक कर्णालीको ‘इन्ट्री’

  नेकपा एमालेको इतिहासमा पहिलो पटक कर्णाली प्रदेशले केन्द्रीय पदाधिकारी पाएको छ। ११औँ राष्ट्रिय महाधिवेशनबाट यामलाल कँडेल केन्द्रीय सचिवमा निर्वाचित हुँदै कर्णालीका लागि ऐतिहासिक उपलब्धि हासिल भएको हो। २००६ साल वैशाख १० गते स्थापना भएको एमालेमा कर्णालीले पदाधिकारी पाउन करिब सात दशक कुर्नुपरेको थियो। कर्णालीमा पुराना कम्युनिस्ट नेता भए पनि केन्द्रीय नेतृत्वमा पुग्न नसक्नुको कारण […]

पुरा पढ्नुहोस

उपाध्यक्ष उठ्न नचाहेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि उनले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए। महासचिव पदका लागि दावेदारी प्रस्तुत गरेका ज्ञवालीलाई संस्थापन पक्षले उपाध्यक्षमा उम्मेदवार बनाउन चाहेको थियो। तर, उनले उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गर्दै केन्द्रीय सदस्य पदमै प्रतिस्पर्धा गरेका हुन्। ज्ञवालीले […]

पुरा पढ्नुहोस

तत्कालीन आईजीपी खापुङको बयान जारी : जेनजी घटना

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी, हाल अवकाशप्राप्त) चन्द्रकुवेर खापुङको बयान उच्चस्तरीय जाँचबुझ आयोगमा जारी छ। २३ र २४ भदौमा भएको घटनाको छानबिनका लागि गठित आयोगले बिहीबार सिंहदरबारस्थित कार्यालयमा खापुङसँग बयान लिएको हो। जेनजी घटना भएको समयमा खापुङ नै प्रहरी महानिरीक्षक थिए। उक्त घटनामा प्रहरीको गोली लागेर २३ भदौमा २२ जनाको मृत्यु भएको थियो। सो घटनामा प्रहरीले […]

पुरा पढ्नुहोस

श्रम संस्कृति पार्टीले गर्‍यो उपाध्यक्ष देवराज लामालाई निलम्बन

विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) […]

पुरा पढ्नुहोस

एमालेका अधिकांश प्रतिनिधि काठमाडौंमा

एमालेको ११औँ महाधिवेशन भोलिदेखि ३ दिन चल्नेछ । उद्घाटन सत्र भक्तपुरमा र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी अन्तिम चरणमा पुगेको नेताहरुले जनाएका छन् । महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न र चुनिन देशभरबाट अधिकांश प्रतिनिधि आइसकेका छन् । महाधिवेशनमा करिब २३ सय प्रतिनिधिको जमघट हुँदैछ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी, गण्डकी प्रदेशका अधिकांश प्रतिनिधि आइसकेका […]

पुरा पढ्नुहोस

निर्वाचनको मिति वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्ने : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन् । सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति तोकेको छ । यो मिति सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्ने महामन्त्री शर्माको भनाइ छ । महामन्त्री शर्माले वैशाखमा निर्वाचनको मिति सार्दा स्वभाविकै हुनुका तीन कारण प्रस्तुत गरेका छन् […]

पुरा पढ्नुहोस

प्रचण्ड बने नेपाली कम्युनिस्ट पार्टीको संयोजक, माधव नेपाल सहसंयोजक

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता भेलाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन भएका हुन् । भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । नेकपा माओवादी र नेकपा एससहित साना दल वाम […]

पुरा पढ्नुहोस

महानगरको डोजर पुग्यो थापाथलीको ट्राफिक बिट भत्काउन

काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै महानगरको डोजर भत्काउन पुगेको हो । यसबारे महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो । अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन महानगरले भनेको थियो ।

पुरा पढ्नुहोस

काठमाडौंमा अतिक्रमित संरचना हटाउन ७ दिने अल्टिमेटम

 काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमण र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने समयसीमा तोकेका छन्। गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णयअनुसार महानगरले आज अत्यावश्यक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना हटाउन वा खाली गर्न आग्रह गरेको हो। सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिका क्षेत्रभित्र र काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थलमा […]

पुरा पढ्नुहोस