अब सभापति हुन्न, कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ : देउवा

राष्ट्रिय

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताएका छन् ।

नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले भने “अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु ।”

उनले हाल निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताए ।

कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने सभापति देउवाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *