असईले गरे आफ्नै ४ महिने छोराको हत्या

राष्ट्रिय

सिनामंगलमा नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई)ले आफ्नै चार महिनाका छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ। छोराको हत्या गरेको आरोपमा असई पुष्कर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हत्यापछि फरार रहेका कार्कीलाई नागढुंगाबाट नियन्त्रणमा लिइएको हो। उनलाई अहिले परिसरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो सिनामंगलस्थित डेरामा कार्कीले छोराको घाँटी थिचेर हत्या गरेको प्राथमिक अनुसन्धानमा खुलेको छ। ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको स्वास्थ्य र उपचारको विषयमा कार्की र उनकी श्रीमती कृष्णा कुँवरबीच विवाद भएको र त्यही विवादपछि हत्या गरेको आशंका प्रहरीले व्यक्त गरेको छ।

कार्कीकी श्रीमती कृष्णा पनि प्रहरी जवान हुन्। दुवैजना काठमाडौंस्थित विमानस्थलमा कार्यरत छन्। घटनाक्रममा श्रीमतीलाई समेत कुटपिट गरी घाइते बनाइएको हुँदा उनलाई उपचारका लागि महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *