आँगन र कौसीमै सीमित भयो तीजको नाच

धर्म -संस्कृति

हिन्दु नेपालीहरुको ठूलो पर्व तीज यस वर्ष विगतमा वर्षहरुमा जस्तो उल्लासमय भएन ।

काठमाडौंका शिवमन्दिर र सार्वजनिक स्थलमा ठूलो संख्यामा महिलाहरु नाचगान र रमाइलो गर्ने गर्थे । तर, यो वर्ष निषेधाज्ञाका कारण महिलाहरु सार्वजनिक स्थलमा भेला हुन र भेटघाटबाट वञ्चित भए ।

घरमा पनि परिवारभित्रका मानिसहरु मात्र बस्न र आफन्तजन ठूलो संख्यामा भेला नहुन सरकारले आग्रह गरेको थियो ।

त्यसैले यस वर्ष महिलाहरु घरमै आँगन, कौसी र कोठाभित्रै नाचगान गरेर तीज मनाउन बाध्य भए ।

कतिपय महिलाले नाचगान गर्दा पनि मास्क लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *