आइपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क ५ रुपैयाँ मात्र

राष्ट्रिय

अनलाइन मार्फत आइपीओमा आवेदन दिदा सी-आस्वा शुल्क अब देखि ५ रुपैयाँसम्म मात्र लिन पाइने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सी-आस्वा शुल्क घटाइएको जनाएका छन् ।

यसअघि आइपीओ भरेवापत बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिने गरेका थिए । धितोपत्र बोर्डको आइतबार बसेको बैठकमा सी-आस्वा शुल्क घटाउने प्रस्तावमा छलफल गरी निर्णय गरिएको छ ।

आस्वा शुल्क ५ रुपैयाँमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले तथा १ रूपैयाँ सीडीएस एन्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछन् । बाँकी रकम भने सी-आस्वा सदस्यलाई जानेछ । नयाँ शुल्क अब जारी हुने आइपीओबाटै लागू हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *