इन्द्रावती नदीले बगाएर २ जनाको मृत्यु

राष्ट्रिय

सिन्धुपाल्चोकको इन्द्रावती नदीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका-५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका हुन् ।

खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र धितालको शव ३ किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *