काठमाडौंमा बढ्यो जाडो,आज यो वर्षकै हालसम्मको न्यून तापक्रम

समाचार

काठमाडौंमा जाडो बढेसङै आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

“यो यस वर्षको हालसम्मकै न्यून तापक्रम हो । आजै तापक्रम पौने ९ बजे योभन्दा पनि कम मापन हुनसक्छ । तर हुन्छ नै भन्ने निश्चित भने हुँदैन,” उनले स्पष्ट पारिन् । बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।

यसैबीच, देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने छैन । आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भाग तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । देशका तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *