काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा , खाद्यान्न र तरकारी पसल पनि बन्द

राष्ट्रिय

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले जेठ २० गते मध्यरातसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी पसल एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *