काठमाडौं उपत्यकामा सवारी साधन जोर बिजोरमा कडाइ

राष्ट्रिय

रामकुमार प्याकुरेल
काठमाडौं

आजबाट फेरी ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुने गरी उपत्यकाभित्र जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेका थिय । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियम अनुसार जोर बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । मध्यान्न सम्म ट्राफिक कारबाहीमा ८०० भन्दा बढी सवारी परेका छन् । करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ । संक्रमणको जोखिम बढ्दै गएकाले जोर विजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गए पनि निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *