कोरोना रिपोर्ट नेगेटिभ आएकालाई मात्र होटलमा बास दिन स्वास्थ्य मन्त्रालयकाे अपील

शिक्षा/स्वास्थ्य समाचार

सरकारले कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र होटलमा बास दिन होटल व्यवसायीलाई अपील गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक अपील जारी गरी पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्र होटलमा बास दिन आग्रह गरेको हो ।मन्त्रालयले होटलमा बसोबास गर्ने विदेशी नागरिकको गेष्ट रजिस्ट्रेसन सिस्टम चुस्त दुरुस्त राख्न पनि अपील गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन अपिलमा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *