टोखा भत्केको पुलमा घरको ट्याङ्कीभित्र शव भेटियो

अपराध समाचार स्थानीय

टोखा नगरपालिका स्थित भत्केको पुलमा निर्माणाधीन घरको ट्याङ्कीभित्र एक पुरुषको शव फेला परेको छ ।भत्केको पुलसँगै पुष्पराज गुरुङको निर्माणाधीन घरको ट्याङ्कीमा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

प्यूठान घर भएका एकजना मजदुर एक महिनाअघि हराएका थिए । शवको पहिचान भैसकेको छैन । गुरुङको घर निर्माणको काम गरिरहेका मजदुर हराएको उनका आफन्तले परिवारलाई जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *