दुई दिनमा १५ हजारले काटे दशैंको अग्रिम टिकट

राष्ट्रिय

बितेको दुई दिनमा करिब १५ हजार यात्रुले दशैंका लागि अग्रिम टिकट बुक गरेका छन् । अधिकांश यात्रुले दशैं जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् ।

शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको थियो । यसपटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काटिरहेका छन् । नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रबन्धक पंकज मल्लका अनुसार पश्चिम नेपालका लागि अग्रिम टिकट काट्नेहरुको संख्या अधिक छ । धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, अर्घाखाँची, गुल्मी, बझाङ बाजुरा, अछाम, डोटी, धनगढी महेन्द्रनगर लगायतका यात्रु छन् ।

अहिले पनि अग्रिम टिकट काट्ने क्रम चलिरहेको छ । यो वर्ष गाउँ फर्किन गाडीको अभाव नहुने मल्लले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *