बहु उपयोगी बनस्पति पुदिना सेवनका फाइदा

जीवनशैली

गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा पाइन्छ । पुदिना १२ महिना नै चिसो र ओसिलो स्थानमा भइरहन्छ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ ।


आयुर्वेदका अनुसार पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ ।निम्न रोगमा पुदिनाको प्रयोगले निकै फाइदा पुग्दछ ।

अपच:- दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ ।
पेट फुल्ने:- पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।
क्यान्सर:- पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खान सकिन्छ ।
काटेको घाउमा:- कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।
मुर्छा:- सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।
ज्वरो:- पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानाले ज्वरो घटद्छ ।
पेट दुखाइ:- पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।
दम र खोकी:- पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ । 

बहु उपयोगी पुदिनाको भान्सामा दिनहु प्रयोग गर्नाले आफू र आफ्नो परिवारलाई सधै निरोगी राख्न मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *