बाणगंगा नगरपालिकामा स्वास्थ्य संस्था, विद्यालय र कार्यालय आइतबार पनि खुल्‍ने

राष्ट्रिय

कपिलवस्तुको बाणगंगा नगरपालिकाले विद्यालय, नगरपालिका मातहतका कार्यालय र स्वास्थ्य संस्था आइतबार बन्द नगर्ने निर्णय गरेको छ ।

नगरपालिका र सरोकारवालाबीच बिहीबार भएको वैठकमा आइतबार कार्यालय बन्द गर्दा विद्यार्थीको पढाई प्रभावित हुने तथा सेवाग्राही र विरामी मर्कामा पर्ने भएकाले विद्यालय, कार्यालय र स्वास्थ्य संस्था बन्द नगर्ने निर्णय भएको हो ।

नगरपालिकाभित्रका सामुदायिक र सरकारी विद्यालय, नगरपालिका मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरु आइतबार पनि सञ्चालन हुने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

उनले अन्य ठाउँमा सरकारले आइतबार बिदा दिए पनि यहाँ १ महिना परीक्षण कालको लागि बिदा घटाएर काम गर्ने टुङ्गोमा पुगेको बताए ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *