बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ भनेका छन्

राष्ट्रिय

नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने बताएका छन् ।

बुधबार नवगठित पार्टीको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो सधैँभरी महिना महिनामा सरकार परिवर्तन गर्ने सिस्टम, राज्य सञ्चालनको शासन प्रणालीलाई अन्त्य गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्नुपर्छ र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ,’ उनले भनेका छन् ।

यसअघि अघि बढ्न सकेको खण्डमा कम्युनिस्ट आन्दोलन धेरै अघि बढ्नसक्ने उनले बताएका छन् ।

‘त्यसो भयो भने हामी अगाडि बढ्न सक्छौं । तपाईंहरू सबैमा विनम्र अनुरोध छ, यो पास गरिदिनुस्,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *