मुख्यमन्त्री शाहीले भेटे यौन दुर्व्यवहारमा परेका राउटे किशोरी र परिवार

राष्ट्रिय

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेका दुई राउटे युवती र राउटे समुदायसँग भेटघाट गरेका छन् । वीरेन्द्रनगरस्थित मुख्यमन्त्रीको कार्यलयमा भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ ।

सो भेटमा राउटे समुदायले प्रदेश सरकारले दिने भनेको मासिक दुई हजार भत्ता नपाएको र दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।आफूहरुको पाल चुहिन लागेको भन्ने राउटेहरुको गुनासोमा मुख्यमन्त्री शाहीले राउटेहरु बस्ने सम्भावित स्थानमा पालभन्दा पनि प्रिफ्याव भवन राख्ने योजना बनाएको बताएका थिए । इशाहीले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ ।

यौन दुर्व्यवहारमा परेका युवतीहरुको आज दिउँसो स्वास्थ्य जाँच भएको छ । राउटे अभियन्ता नगेन्द्र उपाध्यायका अनुसार वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँमा उनीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । परिक्षणको रिपोर्ट आइसकेको छैन । पिडकहरु तीनजना प्रहरी नियन्त्रणमा भए पनि थप प्रमाणका लागि युवतीहरुको स्वास्थ्य जाँच गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *