यति एयर दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि

राष्ट्रिय

पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु पुष्टि भएको छ।

एअरलाइन्सले विज्ञप्ति जारी गर्दै  ६९ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको हो। बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले जनाएको छ।

विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए। जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एकरएकजना अर्जेन्टिनी, अष्ट्रेलियन, आइरिस र फ्रान्सेली नागरिक रहेका थिए।

काठमाडौंंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *