रास्वपाका सांसद खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

राष्ट्रिय

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सभामुखले ‘भैँसी चढेर आएको’ शब्द जसले बोलेको भए पनि हटाइने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले बोलेको ‘मलाई भैँसी चढाएका थिए’ भनेर बोलेकोलाई पनि रेकर्डबाट हटाउन उनले रुलिङ गरे ।

उनले प्रश्न गर्ने सांसदहरूलाई सभ्य तरिकाले प्रश्न गर्न पनि सचेत गराए ।

रास्वपाका सांसद शिशिर खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएपछि विपक्षी दलका सांसदहरूले विरोध जनाइरहेका छन् ।

उनको अभिव्यक्तिप्रति माओवादी सांसदहरूले आपत्ति जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *