रिलायन्स स्पिनिङ मिल्सले विद्युत बक्यौताको पहिलो किस्ता तिरेपछि लाइन जोडियो

राष्ट्रिय

सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले ट्रंक तथा डेडिकेटेड लाइनको प्रिमियम महसुलको बक्यौता बिहीबार तिरेको छ ।

पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । यो उद्योगको कुल बक्यौता ७५ करोड ३७ लाख रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *