धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाउँदै । निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमाणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए छन् ।
साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।
यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन् । २८ जना केन्द्रीय सदस्य रहेका छन् भने पाँच जना पदाधिकारी छन्। उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।
गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए । आज साम्पाङ आफैँ दल दर्ताको प्रमाणपत्र लिन उपस्थित हुने केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए ।
