नेपाल पञ्चाङ निर्णयक समितिले भन्यो जनैपूर्णिमा र गाईजात्रा साउन २७ मै

नेपाल पञ्चाङ निर्णयक समितिले साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने बताएको छ । शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता टिका टिप्पणीबाट कुनै पनि भ्रममा नपर्न समितिले सबैलाई आग्रह गरेको छ । […]

पुरा पढ्नुहोस

बालाजुकाे जुत्ता कारखानामा आगलागी

काठमाडौंको बालाजु बाइसधारा नजिकै आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् । वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् । अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को […]

पुरा पढ्नुहोस

शिवपुरी सुन्दरीजल क्षेत्रमा भारी वर्षा, वाग्मती र विष्णुमतीमा बाढी आउनसक्ने चेतावनी

काठमाडौंको सुन्दरीजल,  बूढानिलकण्ठ आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको छ । पछिल्लो तीन घण्टामा ती क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार वाग्मती, विष्णुमती , धाेवीखाेला , लगायत अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ । नदी तटीय क्षेत्रमा रातिसम्म सतर्कता अपनाउन आग्रह गरिएको […]

पुरा पढ्नुहोस

मदन पुरस्कारका लागि छानिए आठ पुस्तक

मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो । डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, सुजित मैनालीको […]

पुरा पढ्नुहोस

पहिरोले लियो एकै परिवारका ५ जनाको ज्यान

म्याग्दीको मालिका गाउँपालिका-२ मा बिहान करिब ४ बजे आसपास गएको पहिरोले घामबहादुर विकको घर पुर्दा परिवारका सबै ५ जनाको मृत्यु भयो । तर, निरन्तर झरी परिरहेको र विकट भएकाले नजिकै भएका गाउँलेले पनि ढिलो गरीमात्रै घटनाबारे थाहा पाए । पहिरोमा परी घामबहादुर, उनकी पत्नी ३४ वर्षीया राममाया विक, १५ वर्षीय छोरा नवीन विक, १३ वर्षीय […]

पुरा पढ्नुहोस

खराब मौसमका कारण पोखरामा हुने सबै उडान रद्द

प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा निर्धारित सबै उडान रद्द भएका छन् । मंगलबार पोखराबाट निर्धारित र अन्य गन्तव्यबाट पोखरामा जाने सबै उडान रद्द भएको हो । बुद्ध एयरले मंगलबार पोखरामा निर्धारित सबै उडान प्रतिकूल मौसमका कारण रद्द भएको जानकारी गराएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पोखरामा उपकरणमा आधारित अवतरण प्रणाली नभएका कारण कम भिजिबिलिटी […]

पुरा पढ्नुहोस

चोरिएका २० मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

उपत्यका ट्राफिक प्रहरीले चोरिएका २० मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । उपत्यकाका विभिन्न स्थानबाट हराएका २० मोटरसाइकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइएको हो ।त्यसमध्ये १६ मोटरसाइकल र चार स्कुटर रहेका छन् । चोरीमा संलग्न व्यक्तिलाई थप अनुसन्धानका लागि विभिन्न ट्राफिक प्रहरी वृत्तमा पठाइएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए […]

पुरा पढ्नुहोस

एसईईको नतिजा भोलि सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनले भने ‘हामी अन्तिम तयारीमा छौं । नतिजा भोलि आउँछ ।’ कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक […]

पुरा पढ्नुहोस

एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल

अब माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार कुनै विषयमा ३५ % भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले […]

पुरा पढ्नुहोस

जुम्लामा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । तिला गाउँपालिका–४ का विष्णु हमालको परिवारका पाँच जना बिरामी भएका हुन् । बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य […]

पुरा पढ्नुहोस