३८ करदाता कार्यालय खारेज गर्दै सरकार

अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले हालै करदाता सेवा कार्यालयहरू खारेज भएको विषयमा स्पष्टीकरण दिएको छ । विभिन्न जिल्लामा रहेका ती कार्यालय खारेज गर्ने निर्णय गरेसँगै भएको टिका टिप्पणीबारे विभागले प्रस्टोक्ति दिएको हो । विभागले जारी गरेको सूचनामा करदाता सेवा कार्यालयबाट हुँदै आएका स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान […]

पुरा पढ्नुहोस

२५९६ अंकमा झर्‍यो सेयर बजार

बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ । अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने ९ को स्थिर […]

पुरा पढ्नुहोस

रिलायन्स स्पिनिङ मिल्सले विद्युत बक्यौताको पहिलो किस्ता तिरेपछि लाइन जोडियो

सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले ट्रंक तथा डेडिकेटेड लाइनको प्रिमियम महसुलको बक्यौता बिहीबार तिरेको छ । पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए । रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । यो उद्योगको कुल बक्यौता […]

पुरा पढ्नुहोस

हाम्रो शरीरको गन्ध र खानपिनबीच कुनै सम्बन्ध छ ?

लसुन, रक्सी, मासु र यहाँसम्म कि उपवासले समेत हाम्रो शरीरको गन्धलाई बदल्न सक्छ । अनि हामीबाट निस्कने गन्धले अरूका लागि कत्तिको आकर्षित छौं भन्ने निर्धारण गर्छ । हरेक मानिसको आफ्नै एउटा फरक गन्ध हुन्छ, जसरी हरेक व्यक्तिको औँलाका छाप फरक हुन्छन् । हाम्रो व्यक्तित्व, हाम्रो मानसिक अवस्था र स्वास्थ्य जस्ता कुराले समेत हाम्रो शरीरको गन्धलाई […]

पुरा पढ्नुहोस

विप्लव समूहले सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै प्रदर्शन गरेको छ

 नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित प्रदर्शन गरेको हो । काठमाडौंमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ । अहिले प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा […]

पुरा पढ्नुहोस

लुनाले थालिन् ‘मिस वर्ल्ड’ को तयारी

आउँदो विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व ‘मिस नेपाल २०२५’ लुना लुइँटेलले गर्ने भएकी छन् । यसको औपचारिक घोषणा हुन त बाँकी छ तर, प्रतियोगिताको तयारी उनले तीव्ररुपमा थालेकी छन् । प्रतियोगिता आयोजना स्थल र मिति पनि घोषणा हुन बाँकी छ । सन् २०२६ को सुरुवाती महिनाहरूमा आयोजना हुनसक्ने अनुमानको साथमा लुनाको तयारी […]

पुरा पढ्नुहोस

पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन् बाबुरामको प्रस्ताव

पुराना राजनीतिक दलहरूलाई निर्वाचनबाट नै परास्त गर्ने गरी नयाँ र वैकल्पिक शक्तिहरूले छलफल प्रारम्भ गरेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अग्रसरतामा नेसपा नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा, उज्यालो नेपाल अभियानका नेताहरूसँग भट्टराईले छलफल गरेका हुन् । बिहीबार बिहान नयाँ बानेश्वरमा भएको छलफलमा भट्टराईले जेनजी विद्रोहका कारण […]

पुरा पढ्नुहोस

कैलाली अदालतमा २००७ सालदेखिका मिसिल जले

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा कैलाली जिल्ला अदालतमा २००७ सालदेखिका मिसिल जलाइएको पाइएको छ। २००७ सालदेखि हालसम्मका सबै ३० हजार बढी मुद्दाका मिसिल आन्दोलनकारीले जलाएका हुन्। २३ भदौमा काठमाडौं केन्द्रित प्रदर्शनमा सरकारको निर्मम दमनका कारण २१ नवयुवकको ज्यान गएको थियो। त्यसको भोलिपल्ट देशव्यापी रूपमै हिंसात्मक गतिविधि भएको थियो। सो क्रममा आन्दोलनकारीले अदालत नियन्त्रणमा लिएर […]

पुरा पढ्नुहोस

न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा रवि र छविको मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिकाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आज तोकिएको साप्ताहिक पेसी अनुासर न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुन लागेको हो । आज उनीहरूको मुद्दाको सुनुवाइ एक नम्बर इजलासको क्रम संख्या […]

पुरा पढ्नुहोस

युवा संघ बालेन विरुद्ध जाहेरी लिएर साइबर ब्युरोमा जाँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लेखेको एउटा स्टाटसलाई लिएर एमाले निकट युवा संघले प्रहरीमा जाहेरी दिन लागेको छ । उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै विद्युतीय अपराध अन्तर्गत प्रहरीको साइबर ब्युरोमा जाहेरी दिन लागिएको हो । बालेनले दुई दिनअघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस लेखेका थिए । […]

पुरा पढ्नुहोस