उपसभामुखको निर्वाचन प्रक्रिया सुरु,भोलि निर्वाचन

राष्ट्रिय

उपसभामुख पदका लागि आज मनोनयन दर्ताको समय दिइएको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रकाशित गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ।

शुक्रबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारहरूले उम्मेदवारी गर्ता गरिसक्नुपर्नेछ। शुक्रबार नै उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी छ।

सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् ।

उपसभामुख चयन भने प्रतिनिधि सभाको शनिबार बस्ने बैठकबाट हुनेछ। शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

सत्ता गठबन्धनमा भागबन्डा भएअनुसार उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ। उक्त पार्टीले उपसभामुख उम्मेदवार चयन गर्न संसदीय दलको बैठकसमेत बोलाएको छ।

गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपालगायत दलले पनि साझा उम्मेदवार तय गर्ने तयारी गरेका छन्। शुक्रबार बैठक गरी उम्मेदवार तय गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *