त्रिभुवन विश्वविद्यालयका जग्गा अतिक्रमण गरेर बनाएको ल्याब्रोटरी विद्यालयको कम्पाउण्ड भत्काईयो

शिक्षा/स्वास्थ्य समाचार

काठमाडौँ, । त्रिभुवन विश्वविद्यालयका जग्गा अतिक्रमण गरेर बनाएको ल्याब्रोटरी विद्यालयको कम्पाउण्ड भत्काएको छ । त्रिवि स्ववियुको पहलमा विद्यालयको पक्कि कम्पाउण्ड भत्काइको हो ।

त्रिविले विद्यालयलाई अयन्त्र स्थानान्तरण गर्न पटक पटक आग्रह गर्दा पनि नमानेको र उल्टै पक्कि कम्पाउण्ड बनाएको थियो । स्ववियुका सचिव सिद्धान्त भट्टले विद्यालयलाई पटक पटक स्थानान्तरण गर्न आग्रह गर्दा समेत नटेरि उल्टै कम्पाउण्ड बनाएकोले भत्काएको बताए । उनले विद्यालयले लगाएको तारवार उखेलेर त्रिविका उपकुलपति समक्ष बुझाएको बताए । उक्त विद्यालय विगत दुई दशकदेखि गैरकानूनी रुपमा त्रिविको जग्गा हडपेर बसेको थियो ।

विद्यालयले त्रिवि र बन कार्यालयको अनुमति विना नै रुख काटेर तारवार गरेको थियो । उनले त्रिविको सम्पत्ति संरक्षण गर्न जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने बताए । यसैगरी त्रिविले समेत जङ्गलको रूखहरू फडानी गरेर तारजालीको बार लगाउने कार्य तत्काल रोक्न भनेको छ ।

रजिस्ट्रारको कार्यालय सामान्य प्रशासन महाशाखाका प्रमुख राजकुमार श्रेष्ठले एक पत्र लेख्दै उक्त कार्य रोक्न भनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *