चितवनमाको बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको चितव प्रहरीले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको थियो ।