‘पुरानै पार्टीसँग चुनावी प्रतिस्पर्धा’ — कांग्रेस

राष्ट्रिय

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुख्य प्रतिस्पर्धा पुरानै राजनीतिक दलहरूबीच हुने जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने दाबी गरे।

‘यो गम्भीर विषय हो र अन्ततः मतदाताले नै निर्णय गर्ने कुरा हो,’ चालिसेले भने, ‘तर अहिलेको अवस्था हेर्दा प्रतिस्पर्धा पुरानै पार्टीहरूबीच हुने देखिन्छ।’

उनले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संगठनात्मक संरचनासहित निर्वाचन अभियानलाई तीव्र बनाइएको जानकारी दिए। कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उल्लेख गर्दै चालिसेले पार्टीका नीति, योजना र कार्यक्रमलाई प्राथमिकतामा राख्दै जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *