यात्रीवाहक बसमा एक पुरुषको शव फेला

ढल्केबर, माघ १५ गते । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रीवाहक बसमा एक जना पुरुषको शव फेला परेको छ ।मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले मृतक भारतको मधुवनी जिल्ला सिम्रीटोल निवासी अन्दाजी ७० […]

पुरा पढ्नुहोस

शिलान्यासको सत्र वर्षपछि कालोपत्र

गोदावरी (कैलाली), माघ १५ गते । कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्र गर्ने काम सुरु गरेको हो । सो सडकको नौ सय मिटर सडक कालोपत्र गर्नका लागि गत आर्थिक वर्ष २०८०र८१ को […]

पुरा पढ्नुहोस

नेकपा एसको अपानी- अराजनीतिक साँठगाँठको ओली सरकार आफ्नै अयोग्यताको दुश्चक्रमा फस्दैछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धन केबल अराजनीतिक साँठगाँठ भएको पुष्टि भएको बताएको छ । अध्यक्ष माधव नेपालले हालै अपानी जारी गर्दै सरकारको अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको जनाएका छन् । अपानीमा भनिएको छ, ‘त्यसले हाम्रो पहलकदमीका लागि अनुकुलता नै थपेको छ […]

पुरा पढ्नुहोस

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

काठमाडौं, माघ १५ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन […]

पुरा पढ्नुहोस

अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, माघ १५ गते । सहिद सप्ताहअन्तर्गत सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । उहाँहरुले अमरत्व प्राप्त गरेको शोभाभगवतीमा काठमाडौँ महानगरपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सभामा श्रेष्ठ र चन्दको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो । तत्कालीन जहानियाँ राणा शासनविरुद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा […]

पुरा पढ्नुहोस

आकर्षणको केन्द्र बन्दै थारू सङ्ग्रहालय (फोटो फिचर)

घोराही, माघ १४ गते । दाङको दंगीशरण गाउँपालिका –३ चखौरामा स्थापना भएको थारू सांस्कृतिक संग्रहालय घुमफिरसँगै अध्ययन तथा अनुसन्धानका लागि आकर्षणको केन्द्रका रुपमा विकास भइरहेको छ । थारू समुदायसँग कला, संस्कृति, गरगहना, रीतिरीवाज, परम्परा, भेषभुषासँगै जीवनशैली झल्काउने सामग्री अवलोकनसँगै अध्ययन तथा अध्ययनका लागि दैनिक सयौँको संङ्ख्यामा मानिसहरु पुग्ने गरेका छन् । करिव पाँच बर्षअघि स्थापना भएको […]

पुरा पढ्नुहोस

पत्रकारिता लोकतन्त्रको संरक्षक : गृहमन्त्री लेखक

काठमाडौँ, माघ  १४ गते । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताउनुभयो । “हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरेको छ”, उहाँले भन्नुभयो, “स्वतन्त्र, व्यावसायिक तथा निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ […]

पुरा पढ्नुहोस

वर्षमानलाई लिएर तेह्रथुम जाँदै प्रचण्ड, आज र भोलि ओलीको जन्मथलो आठराईमा बिताउने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् । प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त पनि तेह्रथुम जाँदैछन् । प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी प्रधानमन्त्रीसमेत […]

पुरा पढ्नुहोस

जुम्लामा आगलागीबाट जलेर एक जनाको मृत्यु

जुम्ला, माघ १४ गते । सिञ्जा गाउँपालिका जाँचमा गाउँको वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतिका अनुसार सिञ्जा गाउँपालिका वडा नम्बर १ जाँच निवासी ८१ वर्षीय भद्दे रावलको आगलागीबाट मृत्यु भएको हो । रुपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको […]

पुरा पढ्नुहोस