पार्टी फुटाएर तपाईं माओवादीमा जान सुहाउँछ ? नेपाललाई खनालको प्रश्न

सुकेधारमा जारी केन्द्रीय समिति बैठकमा पार्टी एकताका सवालमा आफ्नो धारणा राख्दै नेता खनालले अहिले पार्टी एकता गर्ने समय नभएर क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला रहेको बताए । ‘पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस्’, बैठकमा खनालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– ‘होइन भने यो एकीकरणको बेला होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला […]

पुरा पढ्नुहोस

खगेन्द्र सुनारको थुनछेक बहस सकियो

 जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको जिल्ला अदालत काभ्रेमा बयान र थुनछेकको बहस सकिएको छ । तर, आदेश आउन बाँकी छ । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान […]

पुरा पढ्नुहोस

जेनजी आन्दोलनमा हिरासतबाट फरार व्यक्ति ठमेलबाट पक्राउ

 जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतबाट फरार भएका एक व्यक्ति ठमेलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका २३ वर्षीय उसान लामा रहेका छन् । २४ भदौको जेनजी आन्दोलनको क्रममा उनी हिरासतबाट फरार भएका थिए । उनलाई बुधबार दिउँसो ठमेलबाट प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । उनलाई सोह्रखुट्टे वृत्तमै […]

पुरा पढ्नुहोस

चक्रवात के हो ? यसको नाम किन र कसरी राखिन्छ ? मोन्थाको अर्थ के हुन्छ ?

 बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असरले नेपालमा पनि वर्षा र हिमपात भइरहेको छ । यसको प्रभाव अझै बढ्ने र पूर्वी तराई र मधेश प्रदेशका जिल्लामा बढी क्षति पुर्‍याउन सक्ने आशंका छ । त्यसैले मधेश प्रदेश सरकारले सुरक्षा संयन्त्र र उद्धारकर्तालाई अलर्टमा राखेको जनाएको छ । आजभन्दा एघार वर्ष अघि अर्थात् सन् २०१४ मा पनि कात्तिक […]

पुरा पढ्नुहोस

अहिले देखिएको वर्षा ‘ट्रेलर’ मात्र, अपराह्नपछि अझै झरी बढ्नेछ – मौसमविद्

काठमाडौं उपत्यकासहित देशका मध्यदेखि पूर्वी भूभागसम्म बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार बिहान छिटपुट वर्षा भए पनि अहिले मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा उदयपुरगढी केन्द्रमा ४५.२, मुर्कुची बजारमा ४३.८,  कमला रिभर केन्द्रमा ३९, गोलबजारमा ३७.४, तुर्केघाटमा ३६.८, धनकुटाको त्रिवेणीमा ३६.४, तुम्लिङटासमा ३२.४ मिलिमिटर वर्षा भएको छ। वर्षा गण्डकी, बागमती, कोशी, र मधेसका अधिकांश […]

पुरा पढ्नुहोस

न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा रवि र छविको मुद्दाको सुनुवाइ हुँदै

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सचालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा उनीहरुको मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले […]

पुरा पढ्नुहोस

यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णयहरू

  बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ । यस्तै छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।  यो नियमावली राजपत्रमा प्रकाशित भएपछि अनलाइनको दर्ता र नवीकरण लागू हुनेछ । नेपाल सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी […]

पुरा पढ्नुहोस

बुझाए नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले राजीनामा

 नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएको बताए । आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले उल्लेख गरेका छन् । ‘पारिवारिक कामले राजीनामा दिएको हुँ । अरु त्यस्तो कुनै कारण छैन,’ रानाभाटले भने । उनले आजै राजीनामा बुझाएको तर […]

पुरा पढ्नुहोस

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो । बैठकमा मन्त्री कुलमान घिसिङबाहेकका सबै मन्त्रीहरू सहभागी छन् ।  

पुरा पढ्नुहोस

दुर्गा प्रसाईंको घोषणा मङ्सिर ७ देखि देशव्यापी आन्दोलन

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको उनले स्पष्ट पारेका हुन्। प्रसाईंका अनुसार यो अभियान पूर्व मेचीदेखि […]

पुरा पढ्नुहोस